site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधान संशोधनका नाममा जनतालाई झुक्काउने प्रयास भयो : भीम रावल

काठमाडौं । नेकपा (एमाले)का पूर्वनेता भीम रावलले संविधान संशोधनका नाममा जनतालाई झुक्काउने प्रयास भइरहेको बताएका छन् ।

राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधान संशोधनका निम्ति भन्दै सरकार बनाउने र त्यो काम ०८७ सालमा गर्ने तयारीले जनता झुक्काउने कार्य भएको उल्लेख गरे ।

उनले जनताको आँखामा पट्टी लगाएर आफू मात्र सर्वज्ञाता बन्न खोज्ने देशको शासक हुन नसक्ने बताए । सरकार सञ्चालन गर्ने र महत्त्वपूर्ण पदमा बस्नेले देशलाई आफ्नो हितअनुकूल प्रयोग गरेको आरोप समेत उनले लगाए ।

रावलले देशभक्तको बलिदानको आडमा भ्रष्टाचारको खेती मौलाइरहेको टिप्पणी गरे । उनले देशभक्तले मुलुकमा स्थापित गरेको जगलाई भत्कन नदिन एक भई डटेर सामना गर्नुपर्ने धारणा राखे । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro