site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पर्यटन समितिमा सभापति यादव र सांसद सुवालबीच चर्काचर्की

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालबीच चर्काचर्की परेको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा निर्णय सुनाउने क्रममा सांसद सुवालले आफ्नो सहमतिलाई सभापतिले बेवास्ता गरेको बताएका थिए । त्यसपछि सभापति यादव आक्रोशित भए । सो क्रममा दुवैबीच भनाभन भएको हो ।

आफ्नो असहमति राख्दा अमर्यादित ढंगले 'नौटंकी' गर्ने गरेको भन्दै सभापति यादवले सुवाललाई हप्काएका थिए । त्यसपछि सुवालले सभापति निरंकुश ढंगले चल्न नहुने बताए ।

नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थिति नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए ।

यसअघि, पनि माओवादी सांसद सुदन किराती, सांसद सुवाललगायतसँग पनि समितिमा सभापति यादवको भनाभन भएको थियो ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro