site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लेखा समिति सभापतिकी श्रीमती धरौटी बुझाएर भइन् रिहा

विराटनगर । मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको रकम अपचलन तथा मुद्दामा आरोपित सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला १० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएकी छन् ।

सहकारीको २२ करोड ४८ लाख २७ हजार ७०० रूपैयाँ रकम अपचलन तथा ठगी आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले गत मंसिर २७ गते मुद्दा दायर गरेको थियो । उनीविरुद्ध उच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । बुधबार बयानका लागि कोइराला जिल्ला अदालत मोरङमा उपस्थित भएकी थिइन् ।

जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा बयानपछि थुनछेक बहस भएको थियो । इजलासले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । कोइरालाले धरौटी बुझाएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

अदालतमा बयान दिँदै अञ्जलाले कुनै दायित्व आफूसँग नरहनेगरी सहकारीको सञ्चालक समितिबाट राजीनामा दिएको र सञ्चालक समितिको कुनै पनि माइन्युटमा हस्ताक्षर नगरेको दाबी गरेको आदेशमा उल्लेख छ । राजीनामा नदिई दायित्व नरहनेगरी प्रतिवादी अञ्जलाले राजीनामा दिएकोले थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने नदेखिएको आदेशमा उल्लेख छ । यो प्रकरणमा २५ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई भने अदालतले पुर्पक्षका लागि जेल चलान गरेको थियो । रंगेली नगरपालिका वडा नम्बर २ का बहालवाला वडाध्यक्ष सन्तलाल खवासलाई पनि अदालतले पाँच लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro