site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगालदेशद्वारा पूर्वप्रधानमन्त्री हसिनाको राहदानी रद्द, भारतले थपिदियो भिसा अवधि
फाइल तस्बिर ।

काठमाडौं । बंगलादेशको सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनासहित ९७ जनाको राहदानी रद्द गरेको छ ।

बंगलादेशको समाचार एजेन्सी बीएसएसका अनुसार, तीमध्ये २२ राहदानी जबरजस्ती बेपत्ता पारिएका व्यक्तिका छन् । हसिनासहित अन्य ७५ जनाको गत जुलाईमा भएको हत्यामा संलग्न भएको पाइएपछि राहदानी रद्द गरिएको जनाइएको छ ।

मानवताविरुद्धको अपराध गरेकाले उनीहरूको राहदानी रद्द गरिएको बंगलादेशका अधिकारीले बताएका छन् ।

यता भारत सरकारले भने हसिनाको राहदानी रद्द भएको केही समयपछि नै उनको भिसाको म्याद थप गरेको छ । जसबाट भारतले हसिनालाई बंगलादेश डिपोर्ट नगर्ने स्पष्ट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि, जनवरी ६ मा बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । न्यायाधीकरणले हसिनालाई फेब्रुअरी १२ सम्ममा उपस्थित हुन भनेको छ । बंगलादेशको अन्तरिम सरकारले पनि हसिनालाई देश निकाला गर्न भारतलाई आग्रह गरेको छ ।

बंगलादेशको स्वतन्त्र छानबिन आयोगका प्रमुख मेजर जनरल फजलुर रहमानले भारतले शेख हसिनालाई देश निकाला नगरे आयोग भारतमा आएर सोधपुछ गर्न तयार रहेको बताएका छन् ।

५ अगस्टको घटनापछि हसिना भारतको शरणमा छिन् । बंगलादेशको युनुस सरकारले हसिनाविरुद्ध हत्या, अपहरणदेखि देशद्रोहसम्मका २२५ भन्दा बढी मुद्दा दर्ता गरेको छ ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro