site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनमत पार्टीले गठन गर्‍यो कार्यदल
फाइल तस्बिर ।

काठमाडौं । जनमत पार्टीले मधेसकेन्द्रित दलहरूबीच मोर्चाबन्दी गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा. शरदसिंह यादव रहेका छन् ।

मधेसकेन्द्रित दलहरूबीच संवाद र सहकार्यको पहल गर्न उक्त कार्यदल गठन गरिएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयानुसार मधेसकेन्द्रित दलहरूबीच मोर्चाबन्दीका निम्ति कार्यदलको जिम्मेवारी तोकिएको हो ।

पछिल्लो समय संविधान संशोधनको विषयवस्तु उठाइएको सन्दर्भमा मधेसकेन्द्रित दलहरूको साझा धारणा बनाउने क्रममा सहमतिको पहलका निम्ति कार्यदल गठन गरिएको पार्टीले जनाएको छ ।

यसअघि, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेहरूसँग पार्टी एकीकरणका निम्ति आइतबार समिति गठन गरेको थियो । रासस

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro