site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा भीषण हिमपात, सात राज्यमा आपत्कालीन अवस्था घोषणा (१३ तस्बिर)
तस्बिरहरू : एएफपी/एपी/एजेन्सी ।

काठमाडौं । अमेरिकामा भीषण हिमपातका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् । केही राज्यमा आपत्कालीन अवस्था घोषणा गरिएको छ ।

केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यु जर्सी, मिसौरीलगायत राज्यमा आपत्कालीन अवस्था घोषणा गरिएको हो । हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द छन् । प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ ।

हजारौँ उडान रद्द गर्नुपरेको छ । विद्यालयहरू बन्द गरिएको छ ।

भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड तोडेको छ ।

a10-1736136379.jpg
कन्सास र मिसौरी हाल सबैभन्दा बढी प्रभावित छन् । त्यहाँका केही क्षेत्रमा आइतबार दिउँसोदेखि १० इन्चसम्म हिमपात भएको छ ।

कान्सासका अधिकारी ब्रायन प्लाटले भने, “पछिल्लो ३२ वर्षमा मैले १० इन्चभन्दा बढी हिमपात देखेको छैन ।”

a13-1736136399.jpg
त्यहाँको मौसम विभागका अनुसार, देशको मध्यदेखि पूर्वी तटसम्म करिब ३० अमेरिकी राज्यमा अवस्था गम्भीर हुने अनुमान छ ।

वासिंगटन डीसी र फिलाडेल्फियालगायत धेरै ठूला सहरहरूमा पनि भारी हिमपात हुने सम्भावना छ ।

सोमबारदेखि मौसममा सुधार हुने मौसम विभागको अनुमान छ । बीबीसी हिन्दीबाट ।

थप तस्बिर हेर्नोस्–

a1-1736136330.jpg

a8-1736136454.jpg

a9-1736136454.jpg

a12-1736136454.jpg

a4-1736136453.jpg

a5-1736136453.jpg

a6-1736136453.jpg

a7-1736136453.jpg

a3-1736136452.jpg

a2-1736136452.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro