site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लक्ष्मी सन्‌राइज बैंकको अगुवाइमा १०२ मेगावाटको माथिल्लो मर्स्याङ्दी–१ जलविद्युत् बन्ने

काठमाडौं । १०२ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी–१ जलविद्युत् आयोजनामा लगानी जुटेको छ । लक्ष्मी सन्‌राइज बैंकको नेतृत्वमा आयोजनाको वित्तीय व्यवस्थापन भएको हो ।

बैंक र अपर मर्स्याङ्दी हाइड्रोपावर कम्पनीबीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आयोजनाको कुल लागत २१ अर्ब ४० करोड रुपैयाँ छ ।

०७५ पुस १० गते विद्युत् विकास विभागबाट आयोजना निर्माणको अनुमति लिइएको थियो । नेपाल विद्युत् प्राधिकरणसँग ०८१ पुस ९ गते विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरिएको थियो ।

आयोजना निर्माणका निम्ति लक्ष्मी सन्‌राइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमार्फत बैंकहरूले लागतको ७४.७७ प्रतिशत लगानी गर्नेछन् । २५.२३ प्रतिशत रकम उक्त कम्पनीका प्रवर्द्धक/संस्थापकको लगानी रहनेछ ।

लक्ष्मी सन्‌राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता सात अर्ब छ । सहवित्तीयकरणमा सहभागी अरू बैंकमध्ये ‘सहअगुवा’ ग्लोबल आइएमई बैंकको ६ अर्ब र प्रभु बैंकको तीन अर्ब समेत गरी जम्मा लगानी १६ अर्ब रहनेछ ।

आयोजना सन् २०२९ को जुनभित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाबाट वार्षिक करिब ५८३.०३ गिगावाट आवर विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ । कम्पनीको प्रवर्द्धकका रूपमा केसी र क्याल ग्रुप छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro