site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चालक भन्छन्– पुल भनेर झुक्किँदा खोलामा खसेँ

काठमाडाैं । आइतबार बिहान काठमाडौंको अनामनगरमा कार दुर्घटनामा परेको छ । आइतबार बिहान बीएए८७१४ नम्बरको कार मदन भण्डारी कलेज नजिकैबाट धोबीखोलामा खसेको हो । 

बिहान ६ बजेतिर कार धोबीखोलामा खसेको  स्थानीयले बताएका छन् । कार खोलामा खसेर उत्तानो परे पनि चालक भने सकुशल रहेको र कुनै पनि मानवीय क्षति नभएको काठमाडौं प्रहरीले जनाएको छ । 

सडकमा गाडी चलाइरहँदा पुल भनेर झुक्किँदा खोलामा खस्न पुगेको चालकले बताएका छन् ।

सडकमा बार नहुँदा झुक्किएर बारम्बार यस्ता दुर्घटना हुने गरेको स्थानीयले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro