site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रभु बैंकले सुरु गर्‍यो डिजिटल काउन्टर, जम्मा गर्ने र निकाल्ने काम ग्राहकले नै गर्न सक्ने

काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसरमा प्रभु बैंकले विद्युतीय कारोबारलाई प्रवर्धन गर्न स्वचालित काउन्टर ‘प्रभु डिजिटल क्युब’ सञ्चालनमा ल्याएको छ । यो काउन्टरमार्फत ग्राहक आफैँले क्यास डिपोजिट, क्यास रिसाइकलिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ गर्न सक्ने छन् ।

यस्तै, एटीएम र किओस्क मेसिनबाट नगद जम्मा गर्न, निकाल्न, क्लियरिङ चेक जम्मा गर्न र खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने काम पनि ग्राहक आफैँ गर्न सक्ने छन् ।

Dabur Nepal
NIC Asia

यसले कार्यालयको काउन्टरमा लाइन लागेर बैंकिङ सेवा लिनुपर्ने झन्झट अन्त्य भएको बैंकले जनाएको छ । हाल यो सेवा बैंकको मुख्य कार्यालय बबरमहलबाट उपलब्ध भइरहेको छ ।

चाँडै आवश्यकता अनुसार थप स्थानमा पनि सेवा विस्तार गरिने बैंकले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro