site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चार अंकले बढ्यो सेयर बजार, कारोबार रकममा सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार चार अंकले बढेको छ । बिहीबार बजार ४.६३ अंकले बढेर समग्र बजार मापक २,५८६.२३ विन्दुमा पुगेको हो ।

आज १५६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, ७७ कम्पनीको सेयरमूल्य घटेको छ । ङादी हाइड्रो, सामुदायिक लघुवित्त, सप्तकोसी विकास बैंक, सिन्धु विकास बैंक, सुपरमादी हाइड्रो उच्च कमाउने शीर्ष कम्पनीमा परे । ङादीको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ अर्थात् १० प्रतिशतले बढेको छ ।

Argakhachi Cement Island Ad

बजारसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । आज चार अर्ब ६० करोड ३२ लाख ८२ हजार ३७९ रुपैयाँ बराबरको एक करोड ८६ हजार ७०५ कित्ता सेयर खरिदबिक्री भएको छ । अघिल्लो दिनको कारोबारमा तीन अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

समूहगत उपसूचकतर्फ बैकिङ सेक्टर, लगानी लघुवित्त, व्यापार र अन्य सूचकको सेयरमूल्य घट्दा बाँकी समूह उकालो लागे ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्