site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारबाट कुनै सुधार देखिएन : उपेन्द्र यादव
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला दल मिलेर सरकार बनाइए पनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको बताएका छन् । बिहीबार नेपालगन्जमा आयोजित पत्रकार भेटघाटमा उनले ठूला दल मिलेर सरकार बनाएको धेरै दिन भए पनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको बताएका हुन् ।

नयाँ सरकार बनेपछि पनि आर्थिक, राजनीतिक, प्रशासनिक, विकास निर्माणलगायत क्षेत्रमा कुनै सुधार हुन नसकेको उनले उल्लेख गरे । वर्तमान संविधानलाई परिमार्जन गर्नका निम्ति आफूहरूले धेरैअघि नै आन्दोलन गरेको उनले बताए । संविधान संशोधन र परिमार्जन आवश्यक रहेकामा उनले जोड दिए ।

विज्ञ सम्मिलित आयोग बनाई त्यसले दिएको सुझावलाई आधार मानेर संविधान संशोधन र परिमार्जन गर्नुपर्ने उनले धारणा व्यक्त गरे ।

अध्यक्ष यादवले संघीय सरकारले आवश्यक कानुन बनाउन नसक्दा संघीयता र गणतन्त्र संस्थागत गर्न कठिनाइ देखिएको बताए । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ११:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro