site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कार्साङ’को ट्रेलरमा दयाहाङका दुःख र अन्धविश्वासी समाज

काठमाडौं । चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ । पुस २६ गते रिलिज हुने चलचित्रको ट्रेलर बुधबार निर्माणपक्षले सार्वजनिक गरेको हो । 

ट्रेलरमा सिनेमाका मुख्य पात्र दयाहाङ राई, सिर्जना निङ्लेखु, जितु नेपाल, बुद्धी तामाङ, दीया मास्केलगायतलाई देख्न सकिन्छ । 

ट्रेलर चलचित्रका मुख्य पात्र दयाहाङ राईलाई समाजले दिएको दुःखबाट सुरु हुन्छ । ट्रेलरमा अभाव, झाँक्री विद्यामा समाजले गर्ने विश्वास, संस्कृति, आर्थिक लेनदेन, समाजले गर्ने बहिष्कार, रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखिन्छ । 

चलचित्रको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता, अन्धविश्वास, परिवारको माया, अरुको चियोचर्चो गर्ने समाजले परिवारलाई कसरी छिन्नभिन्न पार्छ भन्ने देखाउन ट्रेलर सफल छ । 

चलचित्र ‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित सिनेमा हो । 

लचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ०७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro