site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्थिर सरकारबाट मात्रै समृद्धि सम्भव : मन्त्री दाहाल
Dabur Nepal
NIC Asia

दमौली (तनहुँ) । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले स्थिर सरकारबाट मात्रै समृद्धि सम्भव हुने बताएका छन् ।

यहाँको बन्दीपुर गाउँपालिकाले आयोजना गरेको बन्दीपुर भ्रमण वर्ष २०२५ को आज शुभारम्भ गर्दै मन्त्री दाहालले वर्तमान सरकार आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गरे । स्थिर सरकार नहुँदा मुलुक विकासमा पछाडि परेको बताउँदै उनले भने, “लामो समयसम्म सरकार टिक्न नसक्दा देशको विकास हुनसकेन । देशको विकास गर्न ठूला दल मिलेर सरकार बनाएका हौँ ।” विकास, समृद्धि र स्थिरताका लागि वर्तमान सरकारले काम गरिरहेको बताउँदै उनले वर्तमान सरकार बनेपछि जनतामा आशा जागेको बताए ।

हालको आवश्यकता शिक्षा, स्वास्थ्यमा सबैको पहुँच वृद्धि, रोजगारीका अवसर सिर्जना, उत्पादनमा वृद्धि गर्नु रहेको र सरकार त्यो दिशामा रहेको उनले बताए । बन्दीपुर प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकाले यहाँको पर्यटनमार्फत आम्दानी गर्न उनले सुझाव दिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  २३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro