site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनेरास्ववियुको महाधिवेशन चैतमा, यी हुन् नेतृत्वका आकांक्षी
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को महाधिवेशन आउँदो चैत मसान्तमा हुने तय छ । यही पुस ३ गतेको अनेरास्ववियु सचिवालय बैठकबाट २४औँ महाधिवेशन चैत मसान्तभित्र गर्ने निर्णय गरिएको उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए ।

महाधिवेशनको मिति तोक्न माघ ६ र ७ गते केन्द्रीय कमिटी बैठक आह्वान गरिएको छ । केन्द्रीय कमिटीले चैत मसान्तको कुनै निश्चित मिति तय गर्ने घर्तीले बताए ।

“चैत मसान्तभित्र महाधिवेशन गर्ने निर्णय भइसकेको छ । आगामी माघ ६ र ७ गतेको केन्द्रीय कमिटी बैठकले मिति तोक्छ,” घर्तीले बाह्रखरीसँग भने । सचिवालयका नेताहरूबीच चैत २९ र ३० गते महाधिवेशन गर्दा उपयुक्त हुने विषयमा छलफल भने भइसकेको छ ।

समिक बडाल नेतृत्वको कमिटीले फागुन ५ गते दुई वर्षको कार्यकाल पूरा गर्दै छ । फागुन १५ गते स्ववियु निर्वाचन तय भएकाले चैतमा महाधिवेशन गर्ने निर्णय गरिएको अनेरास्ववियुका नेताहरू बताउँछन् ।

यी हुन् नेतृत्वका आकांक्षी– 
महाधिवेशनको तयारीसँगै नेतृत्वका निम्ति दौडधुप सुरु भएको छ । वर्तमान अध्यक्ष बडालले आफू नदोहोरिने सन्देश कमिटीका नेताहरूलाई दिएका छन् । योसँगै उपाध्यक्षहरू नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट र धर्म गिरी अध्यक्षको दाबेदार छन् ।

महासचिव नरेश रोकाया पनि अध्यक्षको दाबेदार रहेको अनेरास्ववियुका एक पदाधिकारीले बताए । तर, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी)मा ३२ वर्षे उमेरहदको निर्णयसँगै अनेरास्ववियुमा पनि त्यसको चर्चा छ । उमेरहद राख्ने निर्णय भएमा हाल कमिटीमा रहेका अधिकांश नेताको बहिर्गमन हुनेछ ।

उपाध्यक्ष घर्तीले विधान अधिवेशनबाट त्यसबारे निर्णय गरिने बताए । “महाधिवेशनमा विधानबारे छलफल हुनेछ । उमेरहदको विषय त्यति बेला नै छलफल हुनेछ,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro