site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण कोरियाका पूर्वराष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी 
तस्बिर : रोयटर्स ।

काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । युनले देशमा लगाएको ‘मार्सल ल’का कारण यो ‘वारेन्ट’ जारी गरिएको हो ।

पूर्वराष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा मार्सल ल लगाएका थिए । तर, चर्को विरोधपछि उनले ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो । त्यसपछि युनविरुद्ध महाभियोग प्रस्ताव ल्याइयो र उनलाई राष्ट्रपति पदबाट हटाइएको थियो ।

मार्सल ल लागु गर्ने युनको निर्णयमाथि अनुसन्धान भइरहेको छ । उनीमाथि विद्रोह र देशद्रोहको आरोप लगाइएको छ ।

हालसम्म के भयो ?
अनुसन्धानका क्रममा विगत दुई सातामा पूर्वराष्ट्रपतिलाई सोधपुछका निम्ति तीन ‘समन’ पठाइए पनि उनले बेवास्ता गरेका थिए । त्यसपछि यो वारेन्ट जारी गरिएको हो । वारेन्टमार्फत अदालतले अनुसन्धानकर्तालाई युनसँग सोधपुछ गर्न र उनलाई हिरासतमा लिन ४८ घण्टाको समय दिएको छ ।

आइतबार राति अनुसन्धानकर्ताले विद्रोह र शक्तिको दुरुपयोगको आरोपमा पक्राउ पुर्जी मागेका थिए । तर, युनका वकिलले अनुसन्धानकर्ताको यो कदमलाई ‘अवैध’ भनेका छन् ।

मार्सल लको घोषणापछि दक्षिण कोरिया राजनीतिक संकटमा छ । युन र उनका उत्तराधिकारी दुवैलाई महाभियोगमार्फत हटाइएको छ । बीबीसी हिन्दीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ११:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro