site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेलिगेसन क्षेत्रको टोलीसँग चेल्सीको हार 

काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहेको चेल्सीलाई रेलिगेसन क्षेत्रमा संघर्षरत इप्सविच टाउनले पराजित गरेको छ । सोमबार राति इप्सविचको मैदान पोर्टमन रोडमा घरेलु टिमलाई जित दिलाउन लियम डेलाप र ओमारी हटकिन्सनले गोल गरे ।

खेलको १२औँ मिनेटमा डेलापले प्राप्त पेनाल्टीलाई सदुपयोग गरेपछि इप्सविचले अग्रता बनाएको थियो । ५३औँ मिनेटमा हटकिन्सनले घरेलु टिमको अग्रता दोब्बर बनाए । यसपछि दुवै टिमबाट गोल नहुँदा चेल्सी २–० ले निराश बनेको हो ।

हारसँगै चेल्सीले तालिकाको दोस्रो स्थानमा उक्लने सुनौलो अवसर समेत गुमाएको छ । चौथो स्थानको चेल्सीको १९ खेलबाट ३५ अंक छ । त्यो दोस्रो स्थानको नटिङ्घम फरेस्टको भन्दा दुई अंक मात्र कम हो । 

जितसँगै १९ खेलबाट १५ अंक जोडे पनि इप्सविच रेलिगेसन क्षेत्रमा संघर्षरत छ । १८औँ स्थानको इप्सविच रेलिगेसनबाहिर रहेको वुल्भ्सभन्दा एक अंकले पछि छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro