site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जब दयाहाङ आगोको कोइलामाथि नाच्न थाले...

काठमाडौं । चलचित्र ‘कार्साङ’मा आफूले फरक अनुभव गर्न पाएको अभिनेता दयाहाङ राईले बताएका छन् । सोमबार पत्रकारसँग अन्तरक्रिया गर्दै उनले झाँक्री विद्याको अनुभव गर्न पाएको बताएका हुन् । 

झाँक्रीको चरित्र निभाउने क्रममा आफूले आगोमा नाच्ने अवसर पाएको बताए । सुरुमा डर लागे पनि पछि सामान्य लागेको उनले सुनाए । मन्त्रले आगोको राप मारेका कारण सहज भएको उनको भनाइ छ । 

“झाँक्रीले मन्त्र पढेर आगोको कोइलाको ताप मारेपछि पोल्दोरहेनछ,” उनले भने, “सुरुमा त डर लागेको थियो । निर्देशकले पनि केही हुँदैन भन्नु भएको थियो । तर, डर लागे पनि पोलेन । त्यसपछि झाँक्री विद्या अन्धविश्वास मात्रै भनेर भनिए पनि केही न केही शक्ति हुँदोरहेछ भन्ने लाग्यो ।” 

लामो अभ्यासले झाँक्री विद्या कायम रहेको र त्यसमा केही शक्ति रहेको आफूले विश्वास गरेको उनले बताए । 

चलचित्रका अर्का अभिनेता जितु नेपालले आफूले पाएको जिम्मेवारी मिहिनेत गरेर निभाउने प्रयास गरेको बताए । आफूलाई सहायक भूमिका गर्न समस्या नरहेको भन्दै भने, “केन्द्रीय भूमिका पनि गर्न तयार छु, सहायक भूमिकामा गर्दिनँ भन्ने छैन ।” 

चलचित्र ‘कार्साङ’मा गम्भीर र कमेडी दुवै भएको उनको भनाइ छ । 

निर्देशक यम शेर्पाले शेर्पा समुदायको कथामा बने पनि ‘कार्साङ’ले सबै दर्शकलाई कनेक्ट गर्ने बताए । विषयवस्तु र अभिनयका हिसाबले अब्बल रहेको बताए । 

चलचित्र ‘कार्साङ’मा दयाहाङ र जितु सँगै सिर्जना निलेङ्खु,  दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ । 

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । 

सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् । 

‘कार्साङ’ पुस २६ गते रिलिज हुँदै छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ०८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro