site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसपा नेपालको दुई विभागमा पदाधिकारी चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग र बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभागमा पदाधिकारी चयन भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न केन्द्रीय कार्यकारिणी समिति सदस्य अर्जुन थापा प्रमुख रहेको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको बैठकले उपप्रमुखमा रेणुका सिंह र सचिवमा भरत गुरुङलाई चयन गरेको हो । साथै, बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभागको बैठकले हेमचन्द्र महतोलाई विभागको प्रमुखमा चयन गरिएकाे छ । यससँगै जसपा नेपालको सात विभागले पूर्णता पाएका छन् ।

जसपा नेपालको केन्द्रीय विभागमा प्रमुख, उपप्रमुख, सचिवका साथै आवश्यकताअनुसार विज्ञ सदस्यहरूसहितको २१ सदस्यीय केन्द्रीय विभाग रहने विधानको व्यवस्था रहेको पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  २०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro