site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सहकरीमा बचत गर्दा स्रोत खुलाउनुपर्ने

काठमाडौं । सहकारीमा १० लाख रुपैयाँभन्दा बढी बचत गर्नेले अब स्रोत खुलाउनुपर्ने भएको छ । सरकारले अध्यादेशमार्फत सहकारीसम्बन्धी ऐनलाई संशोधन गरेसँगै अब १० लाखभन्दा बढी बचत गर्नेले अनिवार्य रूपमा स्रोत खुलाउनुपर्ने भएको हो । 

यो अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार जारी भएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भएको अध्यादेश ऐनसरह मान्य हुनेछ । तर, यस्तो अध्यादेश जारी भएपछि संघीय संसद्को दुवै सदनमा पेस गरिनेछ । दुवै सदनले स्वीकार नगरेमा स्वतः यो अध्यादेश निष्क्रिय हुनेछ ।

त्यस्तै, राष्ट्रपति स्वयंले यो अध्यादेश खारेज गर्नसक्ने व्यवस्था नेपालको संविधानमा छ । संसदको दुवै सदनमा पेस गरी छलफन नभए वा राष्ट्रपतिले खारेज पनि नगरेमा संसद चलेको ६० दिनपछि अध्यादेश स्वतः निष्क्रिय हुनेछ ।

अध्यादेशमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने कुरा पनि समेटिएको छ । बलियो नियमन निकाय नहुँदा सहकारी क्षेत्र भद्रगोल अवस्थामा थियो । अब भने प्राधिकरणले नियमन गर्नेछ । तर, सबै सहकारी प्राधिकरणमा दर्ता हुनुपर्ने ऐनमा व्यवस्था गरिएको छ ।

सबैले आवश्यकता ठानेर ल्याइएको यो अध्यादेश खारेज नहुने अपेक्षा गरिएको छ । केही कडा प्रावधानका कारण सहकारी अभियान्ताहरूले विरोध गर्नसक्ने अनुमान पनि गरिएको छ ।  

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro