site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बुधबार पत्रकार सम्मेलन गर्दै भीम रावल, नयाँ पार्टी खोल्न लागेका हुन् ?

काठमाडौं । नेकपा (एमाले)बाट निकालिएका नेता भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार सम्मेलनबाट उनले आगामी योजना सुनाउनेछन् ।

पुस १० गतेको एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्षसमेत रहेका रावलको संगठित सदस्यता खोसेको थियो । त्यसपछि उनले नयाँ पार्टी गठन गर्ने चर्चाका बीच पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

रावलका स्वकीय सचिव गोविन्द दुवालले बुधबार कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्ने तयारी भएको र सोही सन्दर्भमा छलफल भइरहेको बताए । 

“बुधबार पत्रकार सम्मेलनको तयारी भइहेको छ । आगामी योजनाबारे त्यही जानकारी दिनुहुनेछ,” उनले भने । 

स्रोतका अनुसार, रावल पार्टी घोषणाको गृहकार्यमा जुटेका छन् । सोमबार बिहानमात्रै रावलले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशसभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका छन् । 

मल्लले आफूहरू एकै भेगका भएकाले भेटघाट भएको बताए । “सहकार्यका निम्ति परामर्श भएको छ । हामी एकै भेगका कारणले गर्दा कुराकानी भएको हो । ठोस निर्णयमा पुगेको छैन,” उनले बाह्रखरीसँग भने । 

कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध बिग्रिएपछि मल्ल कांग्रेस बीपीतिर लागेका थिए । जोशी भने नेकपा (एकीकृत समाजवादी)का पूर्वकेन्द्रीय सदस्य हुन् । ०७९ को निर्वाचनमा टिकट नपाएपछि उनी स्वतन्त्र उमेदवार बनेर प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro