site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

केही समय यता सुख्खा याममा मात्र होइन बर्खामा समेत झ्यापझयाप बिजुली जानेआउने गरेको छ । बिना सूचना यसरी बिजुली जानेआउने गर्दा सर्वसाधारण उपभोक्तालाई भने निकै असुविधा र नोक्सानी हुनेगरेको पाइन्छ । 

नेपालीका लागि विद्युत् आपूर्तिमा हुने कटौती नौलो समस्या होइन ।  केही वर्ष पहिले दिनहुँ १६ घन्टासम्मको विद्युत् आपूर्ति कटौती ९लोडसेडिङ०समेत नेपाली उपभोक्ताले भोगेका थिए । उत्पादन वृद्धि, भारतबाट आयात र विद्युत् आपूर्ति व्यवस्थापनमा सुधारका कारण घोषित अहिले लामो समयको घोषित लोडसेडिङ हुँदैन । 

विद्युत् कटौती हुने सूचना निकाल्न छाडे पनि पछिल्ला केही महिना यता एक्कासि बिजुली जानेआउने समस्या निकै बढेको छ । विद्युत् आपूर्ति सहज भएको ठानेर घरायसी प्रयोगमा बिजुलबाट चल्ने सामान प्रयोग गर्न थाल्नेहरू बढी अप्ठेरामा परेका छन् । 

Dabur Nepal
NIC Asia

सुख्खा र बर्खा दुव याममा यसरी एक्कासी बिजुली जानेआउने गरेकाले आपूर्तिको भन्दा बढी वितरणको समस्या हुनसक्ने अनुमान सहजै हुन्छ । अर्थात्, अहिलेको विद्युत् अवरोध नेपाल विद्युत् प्राधिकरणकै कमजोरीका कारण हुनेगरेको हो ।   

यसरी दिनहुँ एक्कासि विद्युत् आपूर्ति बन्द हुनुका कारण के के हुन् भन्ने जानकारी प्राधिकरणले उपभोक्तालाई दिनेगरेको छैन । सम्भवतः प्राधिकरण वा तालुकवाला मन्त्रालयका प्रमुखहरूलाई जनतालाई सेवा दिन नसक्ता कम्तीका स्पष्ट जानकारी त दिनुपर्छ भन्ने नै लाग्दैन ।

कर्मचारीले घुस नखाए सरकारी अड्डामा गरिने काम पाको हुँदैन भन्ने विश्वासमा हुर्केको नेपाली समाजमा अघोषित विद्युत् कटौतीविरुद्ध संगठित आवाज उठाउने अभ्यास पनि बिरलै हुन्छ । सायद, यसैले सरकारलाई गैरजिम्मेवार र अधिकारीहरूलाई भ्रष्ट पनि बनाएको हो ।

आन्तरिक विद्युत् उपभोग धान्न आयात पनि गरिने र बढी भएको बिजुली निर्यात गर्ने चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणबाट आपूर्ति हुने विद्युत् भरपर्दो र नियमित होस् भन्ने चाहनु पक्कै पनि अर्घेलो हुँदैन । अहिलेको प्राधिकरणले उपभोक्ताको हितलाई प्राथमिकता दिने हो भने नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नसक्ने पनि होइन । 

एक्कासि बिजुली जानेआउने हुँदा विद्युतीय उपकरणहरू बिग्रनेमात्र होइन कुनै बेला आगलागी हुने जोखिम पनि हुन्छ । यसैले अकल्पनीय दुर्घटना हुनुभन्दा पहिले नै विद्युत् प्राधिकरणले उच्च प्राथमिकता दिएर एक्कासि विद्युत् आपूर्ति बन्द हुने समस्या समाधान गरोस् ।

जनताको सुविधा र सुरक्षालाई उपेक्षा गर्नु राज्यकै लागि प्रत्युत्पादक हुन्छ । प्राधिकरणका हाकिम वा ऊर्जा मन्त्रालयका तालुकवालाले हेक्का राखून् !
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro