site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत कार्टरको निधनप्रति दुःख व्यक्त गर्दै शान्ति, मानव अधिकार र परोपकारमा कार्टरको योगदान विश्वका लागि प्रेरणा बनेको उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले उनको परिवार र अमेरिकी जनताप्रति समवेदनासमेत प्रकट गरेका छन् ।

अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको १०० वर्षको उमेरमा आइतबार जर्जियाको सानो सहर प्लेन्समा रहेको आफ्नै घर होस्पिस केयरमा निधन भएको हो । उनकी श्रीमती रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो । 

८० को दशकमा कूटनीतिक मिसनहरू सञ्चालन गरेका कार्टरले ९० को दशकमा गरिबहरूका लागि घरहरू निर्माण गरेका थिए । कार्टरले नेपालमा पहिलोपटक भएको संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपाल भ्रमण गरेका थिए । रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro