site stats
बाह्रखरी :: Baahrakhari
देश
मकवानपुरमा जीप दुर्घटना : एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–५, चाक्ले बगरस्थित भित्री सडकमा आज जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मनहरीबाट कैलाश गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २९४६ नं को जीपको ‘ब्रेक फेल’ भई सडकबाट झन्डै चार मिटर तल खसेको हो । दुर्घटनामा कैलाश गाउँपालिका–३ का ५६ वर्षीय सन्तबहादुर गोम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका गोम्बाको उपचारका क्रममा मनहरी अस्पतालमा मृत्यु भएको हो । उक्त जीपमा आठजना सवार थिए । अन्य यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ । जीप चालक फरार रहेका छन् । रासस

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १९:२८
प्रतिक्रिया दिनुहोस्