राजनीति

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राई सिफारिस भएका छन् । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेर संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिको सिफारिस गरेका हुन् ।
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले ०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।
झापाको शिवसताक्षी–२ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।
प्रकाशित मिति: आइतबार, पुस १४, २०८१ १२:३१
प्रतिक्रिया दिनुहोस्