site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघे नेपालमा
तस्बिर : एक्सबाट ।

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे शनिबार नेपाल भ्रमणमा आएका छन् । उनी निजी भ्रमणका निम्ति नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।

उनी शनिबार बिहान ११ः५५ बजे काठमाडौं अवतरण गरेका थिए । शनिबारै अपराह्न उनी लुम्बिनीका निम्ति प्रस्थान गरे ।

मन्त्रालयले उनलाई पूर्वराष्ट्रपतिका रूपमा सामान्य शिष्टाचार र सुरक्षाको प्रबन्ध गरेको छ । अरू भेटघाट र भ्रमण उनले आफ्नै हिसाबले गर्ने जनाइएको छ ।

पूर्वराष्ट्रपति विक्रमासिंघेले नेपाल भ्रमणका क्रममा लुम्बिनी र कपिलवस्तुमा पूजा, अवलोकन र भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमण सम्पन्न गरी उनी यही पुस १७ गते स्वदेश फर्कनेछन् ।

नेपाल–श्रीलंका सम्बन्ध
नेपाल र श्रीलंकाबीच सन् १९५७ जुलाई १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले १९७५ मा कोलम्बोमा मानार्थ महावाणिज्य दूतावास स्थापना गरेको थियो । सन् १९९५ मा कोलम्बोमा नेपाली दूतावास स्थापना गरिएको थियो ।

यस्तै, काठमाडौंमा सन् १९९३ देखि श्रीलंकाको आवासीय दूतावास रहेको छ । नेपाल र श्रीलंका दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का संस्थापक सदस्य हुनाका साथै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)का सदस्य पनि हुन् ।

दुई देशले धेरै अन्तर्राष्ट्रिय मुद्दामा समान विचार प्रस्तुत गर्नाका साथै संयुक्त राष्ट्र, असंलग्न आन्दोलन र विश्व व्यापार संगठनलगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणाका साथ प्रस्तुत हुने गरेका छन् ।

शाक्यमुनि बुद्धको जन्मस्थल तथा विश्वभरका बौद्ध धर्मावलम्बीको पवित्र गन्तव्यका रूपमा रहेको लुम्बिनीमा हरेक वर्ष श्रीलंकाबाट बौद्ध तीर्थयात्री आउने गरेका छन् । लुम्बिनीलाई विश्वशान्तिको केन्द्रका रूपमा विकास गर्ने नेपालको प्रयासमा श्रीलंका सरकारले सहयोग गरिरहेको छ । श्रीलंकाले लुम्बिनीमा गुम्बा र रेस्टहाउस कम्प्लेक्स पनि बनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  २१:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro