देश

काठमाडौं । काठमाडौंमा तास खेलिरहेको अवस्थामा प्रहरीले नौजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–३ का ४० वर्षीय होमनारायण श्रेष्ठसहितका व्यक्तिहरू छन् ।
टोखा नगरपालिका–३, ढलमलस्थित श्रेष्ठको बीएन्डबी खाजाघरभित्र जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (हिजो) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद ४४ हजार रुपैयाँ र ६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१ १६:०६
प्रतिक्रिया दिनुहोस्