site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्री पाण्डेले गरे नेपालगन्जको निर्माणाधीन विमानस्थल निरीक्षण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगन्जस्थित निर्माणधीन विमानस्थलको निरीक्षण गरेका छन् । 

शनिबार अछामको कलम बजारको विमानस्थल परीक्षण उडानका क्रममा नेपालगन्ज पुगेका मन्त्री पाण्डेले उक्त विमानस्थलको समेत अवलोकन गरेका छन् । तीन अर्ब लागत रहेको नेपालगन्ज विमानस्थलको भवनको ०८२ पुस मसान्तभित्र सक्ने लक्ष्य रहेको छ।

Argakhachi Cement Island Ad

मुख्य निर्माण कम्पनीको रूपमा रहेको शर्मा एण्ड कम्पनीले विस ०७९ माघबाट निर्माण कार्य थालेको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विमल पौडेलले जानकारी दिए । मन्त्री पाण्डेले निर्माण कार्य सन्तोषजनक रहेको प्रतिक्रिया दिँदै समयमै काम सकिनेमा विश्वास व्यक्त गरे । 

मन्त्री पाण्डे आजै अछामको कमलबजारमा रहेको विमानस्थल परीक्षण उडानमा सहभागी भएर काठमाडौं फर्किने कार्यक्रम छ । 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्