site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१२ वर्षअघिको नियम ब्युँताउने प्रयासमा दुई संघ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । चलचित्र निर्माणको संख्या बढ्दै जाँदा एकैदिन सिनेमा रिलिजको ग्राफ पनि उकालो लाग्ने निश्चित छ । थोरै संख्यामा चलचित्र निर्माण हुँदा पनि लामो बिदाको समयमा एकैदिन दुई वा त्योभन्दा धेरै सिनेमा प्रदर्शन गर्ने पुरानै सिलसिला हो ।

पछिल्लो चार महिनामा चार दर्जनभन्दा धेरै चलचित्र निर्माणका निम्ति दर्ता भइसकेका छन् । चलचित्र विकास बोर्डसँग निर्माणका लागि इजाजत लिने सिनेमाको यो संख्याले अब लामो बिदा मात्र होइन, हरेक शुक्रबार फिल्म जुध्ने निश्चित छ । 

चैत २९ गते तीन चलचित्र रिलिज तय छ । दिवाकर भट्टराई निर्देशित चलचित्र ‘नरसिंहा : अवतार’ रिलिज हुने भएपछि एकैदिन तीन सिनेमा आमनेसामने हुने भएका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

‘नरसिंहा : अवतार’सँगै सौरभ चौधरीको ‘कर्मा’ र कृषा चौलागाईंको ‘पिताम्बर’ले यसअघि नै यही मितिमा रिलिज डेट लक गरिसकेका छन् ।

राजेश हमाल ‘नरसिंहा : अवतार’मार्फत चलचित्रमा देखिँदा यो उनको आठ वर्षपछिको पहिलो सिनेमा हुनेछ । निर्माणपक्षले यसलाई राजेश हमालको कमब्याक चलचित्र भनिरहेको छ । 

Royal Enfield Island Ad

‘पिताम्बर’ स्टार कलाकारहरूको बलियो लाइनअप भएको चलचित्र हो । यसमा प्रदीप खड्का मुख्य भूमिकामा छन् । सौगात मल्ल र दयाहाङ राई पनि छन् ।

‘कर्मा’मा भने विपीन कार्की मुख्य भूमिकामा छन् । यी तीन चलचित्र एकैदिन रिलिज हुँदा राजेश हमाल, प्रदीप खड्का र विपीन कार्की बक्सअफिसमा आमनेसामने हुनेछन् ।

यी तीनै चलचित्र सोसल एक्सन ड्रामा हुन् । राजेश हमाल कुनै समय नेपाली चलचित्र उद्योगमा एकछत्र राज गरेका अभिनेता हुन् ।

चकलेटी हिरोबाट प्रवेश गरेर चरित्र अभिनेतामा पनि आफूलाई स्थापित गरेका अभिनेता हुन्, प्रदीप खड्का । विपीनको भर्सटाइल अभिनेताको छवि छ । विपीन हरेक चलचित्रमा भिन्न देखिन मिहिनेत गर्ने भर्सटाइल अभिनेता हुन् ।

‘कर्मा’का निम्ति फिट देखिन उनी जिम पनि गएका थिए । प्रदीप पनि एक्सन अवतारमा देखिने ‘पिताम्बर’को पोस्टरले देखाइसकेको छ । त्यसैले यी चलचित्रमा उनीहरूको उपस्थितिलाई दर्शकले कसरी लिन्छन्, त्यो धेरैको चासोको विषय बनेको छ ।

‘नरसिंहा : अवतार’, ‘कर्मा’ र ‘पिताम्बर’ तीनवटै स्टारकास्ट भएका चलचित्र हुन् । ‘पिताम्बर’ ग्याङस्टार सिनेमा हो । यसमादयाहाङ प्रहरी अफिसरको भूमिकामा छन् । राजेश पनि ‘नरसिंहा : अवतार’मा डीएसपीको भूमिकामा छन् ।

एकैदिन रिलिज हुने यी चलचित्र बिग बजेटमा बनाइँदै गरेका सिनेमा हुन् । सोही दिन बलिउडबाट ‘जोली एलएलबी–३’ पनि आउने भएपछि बक्सअफिस बाँडिने पक्का भइसकेको छ । सलमान खानको ‘सिकन्दर’ पनि यी चलचित्र रिलिज हुँदा हलमै हुनेछ । अर्थात्, यसले पनि केही शो होल्ड गरिरहेकै हुनेछ ।

नेपाली सिनेमाघरहरूले दुईभन्दा धेरै चलचित्र रिलिज भएको अवस्थामा पर्याप्त शो दिन सक्दैनन् । शो बाँडिदा ठूलै बजेटको हाइप बनाएको चलचित्रले पनिधेरै पाउँदैन । त्यसैले हाइप बनाए पनि राम्रो कमाइ गर्न सक्दैनन् । बिदा भन्ने लोभ मात्रगरेर हुँदैन, कति मल्टिप्लेक्स छन् र तीनमा दैनिक कति शो निस्किन्छ भन्ने महत्त्वपूर्ण पक्ष हो । मल्टिप्लेक्सको संख्या बढेको छ, तर तीन सिनेमालाई पर्याप्त हुने शो निस्कँदैन ।

“चलचित्रले राम्रो कमाइगर्न उसलाई पर्याप्त शो पनि चाहिन्छ । चलचित्र राम्रो भएर मात्रै र हाइप भएर मात्र पनि हुँदैन,” चलचित्र वितरक अशोक शर्मा भन्छन्, “अहिले हाम्रोमा दुईवटा सिनेमालाई पुग्ने हल छन् । तर, एकैपटक दुईभन्दा धेरै चलचित्र आए भने शो अभावको समस्या हुन्छ, जसका कारण धेरै व्यापार गर्न सक्दैनन् ।”

शो अभाव हुने भएकाले एकैपटक दुईभन्दा धेरै चलचित्र रिलिज गर्न नहुनेमा उनी जोड दिन्छन् ।

यी तीन चलचित्रले कस्तो व्यापार गर्छन् – त्यो त सिनेमाको कन्टेनले निर्धारण गर्ला । तर, शो बाँडफाँटमा चर्को प्रतिस्पर्धा देखिने भएको छ । जुँगाको लडाइँ देखिने निश्चित छ । 

‘नरसिंहा : अवतार’, ‘कर्मा’ र ‘पिताम्बर’ एकैदिन रिलिज हुँदा तीन पुस्ताबीच प्रतिस्पर्धा हुनेछ । अघिल्लो पुस्ताका राजेश, विपीन र विपीनभन्दा थोरै पछि आएका प्रदीपको पुस्ताबीचको प्रतिस्पर्धा पनि हो यो ।

यो प्रतिस्पर्धामा को अब्बल ठहरिनेछ – त्यो त कन्टेन, चलचित्र प्रचारको रणनीतिमा भर पर्ला, तर नाम चलेका कलाकार आमनेसामने हुनेछन् ।

तीनै चलचित्र कलाकारको लाइनअपले चर्चामा हुनेछन् । गिनेचुनेकै निर्देशकको निर्देशन र कलाकारको लाइनअपले यी चलचित्रलाई दर्शकमा सिनेमाको रिलिज डेट नोटिस गराउन समस्या हुनेछैन ।

वर्ड अफ माउथ कस्तो हुनेछ – त्यसमा यी चलचित्रको बक्सअफिस निर्धारण हुनेछ । सकारात्मक वर्ड अफ माउथले जुन चलचित्रले अरूको शो खोस्न सक्छ, त्यसैले बक्सअफिसमा राम्रो प्रभाव जमाउनेछ ।

शो बाँडिदाको मार भने यी चलचित्रले व्यहोर्नुपर्नेछ । वितरकले दुईभन्दा धेरै चलचित्र एकैदिन नजुधाउन आग्रह गर्दागर्दैै आउँदा त्यसको मार निर्माताले भोग्नुपर्नेछ ।

हाल नेपालमा सिनेमाघरको संख्या १५८ छ । सात प्रदेशमा १५८ सिनेमा हल सञ्चालनमा छन् ।कोसी प्रदेशमा २६, मधेसमा २४, वाग्मतीमा ६७, गण्डकीमा १४, लुम्बिनीमा २४, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा एउटा हलमा सञ्चालनमा रहेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार, यसबाहेक करिब दुई दर्जन हल नवीकरण नगरी सञ्चालनमा छन् । तीमध्ये केही भने कानुनी प्रक्रियामा आइसकेको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी बताउँछन् । गैरकानुनी रूपमा सञ्चालनमा रहेको भनिएका केही हल भने बन्द भइसकेको उनले जानकारी दिए ।

हाल कोसी प्रदेशमा २६ हलमा ६ हजार ४१८ सिट छन् । मधेसमा २४ हलमा नौ हजार १७८ र वाग्मतीमा ६७ सिनेमाघरमा १४ हजार ६५९ सिट छन् ।

गण्डकी प्रदेशमा १४ हलमा चार हजार ३२१, लुम्बिनीमा २४ सिनेमाघरमा पाँच हजार ९२२ सिट छन् । कर्णाली प्रदेशमा दुई हलमा ३३१ र सुदूरपश्चिममा एउटा सिनेमाघरमा ३९७ सिट छन् । हाल नेपालभरका १५८ सिनेमा हलमा ४१ हजार २८६ सिट छन् ।

यी हल, सिट, यसमा निस्कने शोले बिग बजेटका प्रतीक्षित दुई सिनेमालाई मात्रधान्ने चलचित्र निर्माताहरूको संस्था निर्माता संघको पनि निष्कर्ष छ ।

दुईभन्दा धेरै चलचित्र एकैदिन रिलिज गर्न नपाइने नियम बनाउने तयारीमा संघ जुटेको छ । सिनेमाघरहरूको संस्था चलचित्र संघ र निर्माता संघले कार्यदल नै बनाएर यसमा सहमति जुटाउने प्रयास गरेका छन् ।

निर्माता संघका अध्यक्ष नवल खड्का एक दिनमा बढीमा दुई मात्र चलचित्र लगाउने विषयमा गृहकार्य भइरहेको बताउँछन् । “कसरी दुईभन्दा धेरै नेपाली चलचित्र रिलिज हुननदिने भन्नेमा गृहकार्य गरिरहेका छौँ,” नवल भन्छन्, “तर, १०४ भन्दा धेरै नेपालमाचलचित्र बने भने के गर्ने भनेर कार्यदलले केही न केही मापदण्ड बनाएर अगाडि बढ्नेछ ।”

यसका निम्ति चलचित्र संघ र निर्माता संघ दुवै गम्भीर रहेको निर्माता संघका तर्फबाट कार्यदल संयोजक रहेका उदय सुब्बा बताउँछन् । “एकैदिन दुईभन्दा धेरै चलचित्र रिलिज हुँदा शो नपाउँदा निर्माता पनि डुब्ने अवस्था आयो । हललाई पनि चार-पाँचवटा चलचित्रलाई शो दिँदादिँदै शो जाने भयो र राम्रो चलचित्रले पनि व्यापार नगर्दा हलको आय पनि घट्ने भयो,” संयोजक सुब्बा भन्छन्, “यसमा कसरी दुवै पक्षलाई फाइदा हुन्छ भनेर हामी बृहत् छलफल गरेर निष्कर्षमा पुग्नेछौँ ।”

आउँदो दसैँमा ६ चलचित्र रिलिजका लागि निर्माताले डेट घोषणा गरिसकेको उनी सुनाउँछन् । त्यसैले निर्माताको लगानीको जोखिम घटाउने र हलमा व्यापार पनि बढाउने गरी निर्णय गर्नैपर्ने अवस्था आएको उदयको भनाइ छ ।

रोहित अधिकारी, सुशील पोखरेल, ऋषि लामिछाने, वसन्त निरौला, प्रदीप भट्टराई, विराज विष्ट र सरोज न्यौपानेले दसैँमा चलचित्र रिलिज गर्ने बताइसकेका छन् ।

अब पुरानै अवस्थामा फर्कने सोचमा दुई संघ पुगेका छन् । एक दशकभन्दा अगाडि एकैदिन दुईभन्दा धेरै नेपाली चलचित्र रिलिज गर्न नपाइने नियम थियो । “१०-१२ वर्षअगाडि पनि यही नियम थियो । अब त्यही अवस्थामा फर्किनुपर्ने भएको छ,” उनी भन्छन् ।

चलचित्र संघका तर्फबाट संयोजक तोकिएका गोपालकाजी कायस्थ त्यति बेलाएक दिनमा बढीमा दुई सिनेमा मात्र रिलिज गर्ने नियमले प्रदर्शनमा धेरै कुर्नुपर्‍यो भन्ने गुनासो बढेपछि त्यो हटाइएको स्मरण गर्छन् । 

“रिलिजमा जाम भयो, धेरै जाम हुँदा नयाँ चलचित्र रिलिज हुन पाएनन् । रिलिजको पालो कुर्दा चलचित्र पुरानो भयो भन्ने गुनासो आएपछि हटाइएको थियो,” उनी भन्छन् ।

उक्त समस्या फेरि नदोहोरियोस् र निर्माता तथा हललाई पनि सहज होस् भनेर सरोकारवालासँग छलफल गरी अध्ययन प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  ०९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro