site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीत ‘कौडा/चुट्का’मा आधारित छ । 

सार्वजनिक ‘मखमली’ गीतले चलचित्रका अभिनेता विपीन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेमलाई देखाएको छ । 

गीतमा सुजन चापागाईँ र सुनिता थेगिमको स्वर छ । हर्क साउदको शब्द रचना र गायक चापागाईँकै संगीत रहेको छ ।  

वि.सं. २०८२ वैशाख २६ गते रिलिज हुने चलचित्रमा विपीन कार्की, मिरुना मगर, सुनील पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बूलगायत कलाकारको अभिनय रहनेछ । 

चलचित्रलाई नवीन चौहानले निर्देशन गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro