site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पार्टीको कारबाहीलाई रचनात्मक र सिर्जनात्मक रूपमा प्रयोग गर्छु : विन्दा पाण्डे

काठमाडौं । बुधबार बसेको एमाले सचिवालय बैठकबाट ६ महिनाको निलम्बनमा परेकी केन्द्रीय सदस्य विन्दा पाण्डेले कारबाहीको अवधिलाई रचनात्मक र सिर्जनात्मक रूपमा प्रयोग गर्ने बताएकी छिन् ।  

‘‘हामी त पार्टी काममै थियौँ, नेताले ६ महिना छुट्टि दिएको खबर सुनियो,’’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘‘यो अवधिलाई रचनात्मक र सिर्जनात्मक रुपमा प्रयोग गर्नु पर्नेछ । यहाँहरूको सुझाव पाऊँ ल !’’

पार्टीले सोधेको स्पष्टीकरणमा गल्ती महसुस नगरेको भन्दै एमालेले पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाटै निष्कासन गरेको छ । 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  २०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro