site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उषाकिरणको प्रतिक्रिया : पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुन्थ्यो  

काठमाडौं । नेकपा एमालेको निलम्बनमा परेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी नेतृत्वले पञ्चको नक्कल गरेको आरोप लगाएकी छिन् । 

आज बुधबार बसेको एमाले सचिवालय बैठकले पार्टीले सोधेको स्पष्टीकरणमा गल्ती महसुस नगरेको भन्दै तिम्सिनासहित विन्दा पाण्डेलाई ६ महिना जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाटै निष्कासन गरेको छ । 

Dabur Nepal

आफूमाथिको कारबाहीबारे सामाजिक सञ्जालमा लेख्दै तिम्सिनाले पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल गरेर आफूहरूलाई कारबाही गरिएको उल्लेख गरेकी हुन् । 

आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं.१ अन्तर्गत शिवपुरी गाँउपालिका कमिटीको शपथ ग्रहण कार्यक्रम सकेर भर्खर घर आइपुगेको उनले बताएकी छिन् । 
 
‘‘तल्लो तहका आमकार्यकर्ता, तिनको लगाव, मिहिनेत र चासोको अगाध माया लाग्छ । यता ६ महिना निलम्बनको निर्णय भएछ,’’ उनले लेखेकी छिन्, ‘पञ्चायतविरुद्ध लडेर आउनुभएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नुभएको भए हुन्थ्यो ।’ 

“उहाँहरूको स्पष्टीकरणमा रियलाइजेसन देखिएन,” उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  २०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro