site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘एनसेल वुमन आइकन आईसीटी अवार्ड, २०२४’ बाट बन्दना शर्मा सम्मानित

काठमाडौं । सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्‍याउने बन्दना शर्मालाई यस वर्षको ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ प्रदान गरिएको छ । हालै सम्पन्न आईसीटी अवार्ड २०२४ को ग्राण्ड फिनाले कार्यक्रममा उनलाई यो अवार्डबाट सम्मानित गरिएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेल र एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२४’ संयुक्तरूपमा शर्मालाई प्रदान गरेकी थिइन् । नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखको रूपमा कार्यरत शर्माले यो अवार्डसँगै तीन लाख रूपैयाँ नगद पुरस्कार समेत पाएकी छन् ।

Dabur Nepal
NIC Asia

नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्दै यो क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्‍याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ । सूचना प्रविधि क्षेत्रमा सक्रिय महिलाहरूलाई सम्मान तथा प्रोत्साहन गर्नका लागि विगत पाँच वर्षदेखि आईसीटी अवार्ड र एनसेलबीच सहकार्य हुँदै आएको छ । यो वर्षको एनसेल वुमन आइकन आईसीटी अवार्ड विजेता शर्मा सूचना प्रविधि क्षेत्रमा १८ वर्षदेखि निरन्तर क्रियाशिल महिला हुन् ।

“सूचना प्रविधिको क्षेत्रमा प्रदान गरिने यो एक महत्त्वपूर्ण सम्मानका लागि विशेष गरी एनसेल फाउन्डेसनलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । यो अवार्ड मेरोमात्र सम्मान होइन, समाजको परिवर्तनका लागि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रहेर काम गरी रहेका हरेक महिलाको सम्मान हो र यो क्षेत्रमा भविष्य खोज्ने युवाका लागि एक आशा हो,” अवार्ड विजेता शर्माले भनिन् ।

यसअघि २०२३ मा सुनैना घिमिरे पाण्डे, २०२२ शीला कंसाकार कार्की, २०२१ मा गुणकेशरी प्रधान र २०२० मा तिमिला यमी ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’बाट सम्मानित भएकी थिइन । यो अवार्ड बाहेक एनसेल फाउन्डेसनले सूचना प्रविधिको पाटोमा विशेष गरी शिक्षा, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्यहरू गरेको छ ।

“महिलाहरूलाई सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन र यस क्षेत्रमा उनीहरूको योगदानको कदर गर्न यो सहकार्यलाई निरन्तरता दिन पाएकोमा हामी खुसी छौँ । डिजिटल रूपान्तरणका लागि आ–आफ्नो ठाउँबाट काम गरिरहेका एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२४ की विजेता बन्दना शर्मा लगायत सम्मानित भएका उत्कृष्ट संस्था, स्टार्टअप र व्यक्तित्वहरू सबैलाई बधाई छ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।

यो वर्षको एनसेल वुमन आइकन आईसीटी अवार्ड विजेता शर्मा २००६ मा आईटी सपोर्ट अफिसरको रूपमा नेपाल बैंकमा प्रवेश गरेकी थिइन् । नेपाल बैंकलाई डिजिटलाइज गर्ने काममा सुरुवातदेखि नै आबद्ध उनले कोर बैंकिङ सिस्टम, नेटवर्क सुरक्षा, साइबर सुरक्षालगायत बैंकको डिजिटल पूर्वाधार विकास तथा सेवाहरूलाई ग्राहकमैत्री बनाउन निकै महत्त्वपूर्ण भूमिका खेलेकी छन् ।

पोखरा विश्वविद्यालयबाट बीसीए अध्ययन गरेकी शर्माले मास्टर्समा सूचना प्रविधि, नेटवर्क एन्ड ई बिजनेस र एमबीए पनि अध्ययन गरेकी छन् । शर्मा क्यान महासंघ, वुमन इन आईटी, युनिप्रोफेसनल म्यानेजमेन्ट कमिटीमा पनि आबद्ध भएर आफ्नो अनुभव बाँडिरहेकी छन् । साथै, वित्तीय समावेशीता र स्टेम एजुकेसनमा उनको योगदान रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro