site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले–कांग्रेसबीचको सत्तासहकार्य संकट समाधानका निम्ति : ईश्वर पोखरेल
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा संकट देखिँदा एमाले–कांग्रेसबीच सहकार्य हुनु स्वाभाविक रहेको बताएका छन् । पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै उनले यस्तो बताएका हुन् । 

नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले विभिन्न कालखण्डमा मुलुक समस्यामा पर्दा एमाले–कांग्रेसबीच सहकार्य भएको स्मरण गरे । अहिले पनि मुलुकमा संकट देखिएकाले दुई दलबीच सहकार्य भएको उनले जिकिर गरे । 

मुलुकको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउनुलाई अन्यथा लिन नहुने उनले बताए । एमाले–कांग्रेसबीचको सहमति सत्ताका लागि नभई मुलुकको संकट समाधानका लागि भएको उनले उल्लेख गरे । 

पोखरेलले सञ्चार क्षेत्रले जवाफदेही भएर आफ्नो कर्तव्य निर्वाह गनुपर्ने सुझाव पनि दिए । गलत सूचना प्रवाह गर्ने प्रवृत्तिलाई महासंघले नेतृत्वदायी भूमिका निर्वाह गरेर नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro