काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय विभागहरूको बैठक बोलाएको छ । जसपा नेपालले गठन गरेका १७ विभागमध्ये १६ विभागको बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग पूर्ण बस्नेतले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजेका लागि बोलाइएको प्रत्येक विभागको बैठक हरेक दिन पालैपालो बस्ने गरी आह्वान गरिएको छ ।
बस्नेतका अनुसार बुधबार पुस १० गते सूचना सञ्चार, विज्ञान तथा प्रविधि विभागको, ११ गते वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको, पुस १२ गते सहकारी तथा गरिबी निवारण विभागको र पुस १३ गते प्रचारप्रसार तथा प्रकाशन विभागको बैठक बस्नेछ ।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या विभागको बैठक पुस १४ गते, पुस १५ गते बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभागको र पुस १६ गते महिला विभागको बैठक बोलाइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति विभागको पुस १८ गते, संगठन विभागको पुस १९ गते, सामाजिक सेवा तथा गैरसहकारी विभागको बैठक पुस २० गते, आर्थिक विभाग र पार्टी स्कुल तथा प्रशिक्षण विभागको बैठक पुस २२ गते, कानुन विभागको बैठक पुस २३ गते र शिक्षा विभागको बैठक पुस २४ गते बस्ने बताइएको छ ।
उनका अनुसार यसअघि पुस ८ गते युवा विद्यार्थी तथा खेलकुद विभाग र पुस ९ गते कृषि तथा भूमि व्यवस्था विभागको बैठक बसेको थियो ।
विभागको बैठकले आवश्यक पदाधिकारी चयन गर्नुका साथै आगामी कार्ययोजनाखसमेत तयार पार्ने प्रमुख बस्नेतले बताए ।