site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वकप खेल्ने महिला यू–१९ टोली बन्द प्रशिक्षणका लागि चितवनमा
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

चितवन । आगामी जनवरीमा मलेसियामा हुने महिला यू–१९ विश्वकपको तयारीका लागि नेपाली टोली चितवन आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा हुने बन्द प्रशिक्षणमा सहभागी हुने १८ जना खेलाडीसहितको टोली चितवन आएको हो ।

चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियाका अनुसार, बन्द प्रशिक्षण बुधबारदेखि सुरु हुनेछ छ । उनले भने, “आजसम्म सबै खेलाडी चितवन आइ पुग्नेछन् ।”

कतिपय हवाई मार्ग हुँदै र कतिपय सडकबाट आउँदै गरेको उनले बताए । बन्द प्रशिक्षणमा खेलाडीसहित २३ जना सहभागी हुने उनले जानकारी दिए ।

बन्द प्रशिक्षण पुस २२ गते सम्म चल्नेछ । बुधबार मध्याह्न १२:३० बजेदेखि बन्द प्रशिक्षण सुरु हुने छ ।

बन्द प्रशिक्षण सकिएलगत्तै नेपाली टोली प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro