site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजाज फाइनान्स मेला २०२४ भोलिदेखि

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका निम्ति आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज फाइनान्स मेला आयोजना गर्ने भएको छ । यही पुस १० देखि १६ गतेसम्म नक्सालस्थित बाइकर्स क्याफेमा विशेष फाइनान्स मेला २०२४ आयोजना गर्न लागिएको हो ।

मेलाले ग्राहकलाई बजाज मोटरसाइकल खरिद गर्न झन् सहज बनाउने उद्देश्य राखिएको कम्पनीले जनाएको छ । मेलामा सेवा शुल्क शून्य रहने र अरू कुनै अतिरिक्त शुल्क नहुने कम्पनीको भनाइ छ ।

यस्तै, ९.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, ३६ महिनासम्मकोे किस्ताबन्दी योजना र एक घण्टाभित्रै ऋण स्वीकृत हुनेजस्ता विशेष सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

बजाज मोटरसाइकलका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले ग्राहकको सहजता र खुसीलाई प्राथमिकतामा राख्दै कम्पनीले फाइनान्स मेला २०२४ गर्न लागेको बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro