site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रविकाे 'हिरासत तस्बिर' सार्वजनिक गर्ने निकोलस भुसाल रिहा
फाइल तस्बिर ।

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’का सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासत कक्षमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस (कमल) भुसाल रिहा भएका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले थलीबाट आइतबार साँझ पक्राउ गरेको थियो भने सोमबार नै कास्की ल्याइएको थियो ।

उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका निम्ति सोमबारै कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । तर, अदालतले अनुमति दिएन । अदालतको अनुमति नपाएपछि जिल्ला प्रहरी कार्यालयले बाहिरबाटै अनुसन्धान गर्ने गरी उनलाई छाडेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

गत बुधबार रातिदेखि रवि हिरासत कक्षमा सुतिरहेको सीसीटीभी फुटेजको फोटो भाइरल भएको थियो । त्यसपछि गृहमन्त्री रमेश लेखकले नै फोटो बाहिरिएको विषयमा छानबिन गर्न निर्देशन दिएका थिए । 

फोटोलाई लिएर व्यापक चर्चा भएपछि बिहीबार भुसालले सामाजिक सञ्जालबाट तस्बिर आफूले खिचेको दाबी गरेका थिए । लगत्तै कास्की प्रहरीले एक विज्ञप्तिमार्फत भुसालले नै फोटो खिचेर सार्वजनिक गरेको हुन सक्ने र उनले साइबर कानुनको उल्लंघन गरेको बताएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro