site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँच महिनामा व्यापार घाटा पौने ६ खर्ब नाघ्यो, निर्यात साढे १६ प्रतिशतले बढ्यो 

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा नेपालको वैदेशिक व्यापार घाटा पौने ६ खर्ब रुपैयाँ नाघेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार ०८१ साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा नेपालको कुल वैदेशिक व्यापार सात खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजार रुपैयाँको छ ।

उक्त अवधिमा नेपालले ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजारको आयात र ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।

भन्सार विभागको तथ्यांकानुसार बितेको पाँच महिनामा नेपालको वैदेशिक व्यापार घाटा पाँच खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा नेपालको निर्यात १६.५४ प्रतिशतले वृद्धि भएको छ । आयात ३ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

अघिल्लो आर्थक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा नेपालले ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४ हजार रुपैयाँको वस्तु आयात गरेको थियो । सोही समयमा ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको कुल वैदेशिक व्यापार सात खर्ब पाँच अर्ब ४१ करोड ६३ लाख ९८ हजार रुपैयाँको थियो । उक्त समयमा नेपालको व्यापार घाटा पाँच खर्ब ७९ अर्ब १५ लाख २९ हजार रुपैयाँ थियो ।

अघिल्लोको तुलनामा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको कुल वैदेशिक व्यापार ४.२१, व्यापार घाटा १.५२, आयात १६.५४ र निर्यात ३ प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकले देखाउँछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro