site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फरार प्रहरी निरीक्षक शाही अदालतमा उपस्थित
फाइल तस्बिर ।

काठमाडौं । ‘हनी ट्रयाप’ मुद्दाका फरार प्रतिवादी प्रहरी निरीक्षक विनुकुमारी शाही अदालतमा हाजिर भएकी छन् । उनी आइतबार ललितपुर जिल्ला अदालतमा हाजिर भएकी प्रहरीले जनाएको छ ।

उनी ललितपुरको भैँसेपाटी प्रहरी प्रभागको प्रमुख रहँदा एक व्यवसायीलाई हनी ट्रयापमा पारेर रकम असुली गरेको आरोप थियो । प्रहरीको अनुसन्धानका क्रममा घटनामा उनको संलग्नता देखिएपछि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।

भैँसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमालविरुद्ध समेत मुद्दा दायर गरिएको थियो । उनी भने साधारण तारेखमा छुटिसकेका छन् । हनी ट्रयाप घटनामा इटहरीकी सुष्मा विक, ताज मूल इस्लाम र भीमादेवी थापा पक्राउ परेका थिए । ताज हाल पुर्पक्षका निम्ति थुनामा छन् । आरोपित दर्शन पोखरेल अझै फरार छन् ।

उनीहरूले एक व्यवसायीलाई सहमतिको सम्बन्धलाई बलात्कारमा फसाउने भन्दै रकम असुल गरेका अभियोग छ ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro