site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिउँदको दोस्रो वर्षा सोमबार र मंगलबार हुने सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । यो वर्षको हिउँदको दोस्रो वर्षा आउँदो सोमबार र मंगलबार हुने सम्भावना छ । सोमबार रातिदेखि मंगलबारसम्म पश्चिम नेपालमा वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, “दोस्रो हिउँदे वर्षा सोमबार रातिदेखि मंगलबारसम्म पश्चिम नेपालमा हुने देखिन्छ । यो वर्षा पनि हल्का हुने र मुख्यतया पहाडी र हिमाली भेगमा मात्र हुने सम्भावना छ ।”

उनका अनुसार, उक्त अवधिमा कर्णाली प्रदेशमा ‘राम्रो वर्षा’ हुने सम्भावना छ । सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा हुने देखिएको छ । “अन्य प्रदेशमा भने छिटपुट वर्षा र बदली मात्र हुनेछ,” उनले लेखेका छन् ।

जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले पनि उक्त अवधिमा वर्षाको सम्भावना औँल्याएका छन् । “१. आगामी पुस ८ गते रातिदेखि १० गतेसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ,” शनिबारै उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनका अनुसार, पुस १२ साँझदेखि १५ गतेसम्म भने सुदूरपश्चिमबाट सुरु भएर देशभरि अर्को वर्षा र हिमपातको सम्भावना छ । “पश्चिम  नेपालका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी हुँदै गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ भने पूर्वी भागमा हल्का वर्षा र हिम्पातको सम्भावना,” उनले लेखेका छन् ।

वर्षापछि हालको वायु प्रदूषण केही घट्ने उनको भनाइ छ ।

गएको मंसिर २३ र २४ गते देशका केही स्थानमा यो वर्षको हिउँदको पहिलो वर्षा भएको थियो । त्यो पनि ठूलो वर्षा नभएर हल्का थियो ।

यो पनि पढ्नोस्–

विभागको आकलन– हिउँदमा सरदरभन्दा वर्षा कम, बढी तापक्रम

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro