site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रिहा हुनासाथ फेरि पक्राउ परे दुर्गा प्रसाईं !

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ । बिहीबार काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा ४० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनासाथ प्रहरीले प्रसाईंलाई पुनः पक्राउ गरेको हो ।

आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रसाईंलाई पक्राउ गरेको हो । आफूलाई पुन: पक्राउ गरेपछि प्रसाईंले सञ्चारमाध्यमसँग बोल्न खोजेका थिए । तर, प्रहरीले ‍सञ्चारमाध्यमलाई प्रसाईं नजिक जान रोक लगाएको थियो ।

प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ । विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरू परिचालन गरी धम्की दिएर पैसा असुल गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीको कम्बोडियाको टेलिकममा लगानी गरेको नक्कली कागज सार्वजनिक गरेको आरोपमा प्रसाईं यही मंसिर ४ मा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro