site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जितु पुरानै लयमा फर्किएका हुन् ?

काठमाडौं । कलाकार जितु नेपालले चलचित्र ‘कार्साङ’मा आफूलाई दर्शकले हास्य कलाकारकै रूपमा देख्न पाउने बताएका छन् । यसअघिका दुई चलचित्र ‘ह्यारी कि प्यारी’ र ‘ज्वाइँ साब’मा गम्भीर भूमिकामा देखिएका जितुले ‘कार्साङ’मा भने हास्य कलाकारकै रुपमा देख्न पाउने उनको भनाइ छ । 

“कार्साङमा गम्भीर भूमिका पनि छ । तर, अधिकांश समय हँसाउने क्यारेक्टर नै छ,” जितु बाह्रखरीसँग भन्छन् । 

दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘कार्साङ’मा जितु उनको साथीको भूमिकामा छन् । ‘कार्साङ’मा जितुको अपोजिटमा दीया मास्के छिन् । जितु र दीया यो चलचित्रमा दलित समुदायको पात्रमा रहेको सार्वजनिक पोस्टरबाट अनुमान लगाउन सकिन्छ ।

यसैबीच, ‘कार्साङ’को पब्लिसिटी सुरु भइसकेको छ । पूर्वी नेपालबाट चलचित्रको प्रचार सुरु गरेको हो । चलचित्रका मुख्य कलाकार जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्केले पूर्वी नेपाल पुगेर सिनेमा हेर्न दर्शकलाई आग्रह गरेका छन् । 

karsang-1734503942.JPG
उनीहरूले आम ग्रामीण परिवेशको नेपालीको कथा चलचित्र ‘कार्साङ’ले भन्ने बताएका छन् । 

यम शेर्पाको डेब्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ’ पुस २६ गते पदर्शन हुनेछ ।

चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन् । सिनेमाको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro