अर्थ व्यवसाय
काठमाडौं । विश्वको प्रमुख क्रिप्टोकरेन्सीका रूपमा रहेको बिटक्वाइनको मूल्य एक लाख ६ हजार अमेरिकी डलर नाघेको छ ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा तेल तथा सुनजस्तै बिटक्वाइनको समेत भण्डारण गर्ने टिप्पणी गरेपछि क्रिप्टोकरेन्सीको मूल्य बढ्दै गएको छ ।
बिटक्वाइनको मूल्य एक लाख ६ हजार ५३३ डलर पुगेको र अर्को ठूलो क्रिप्टो इथरको मूल्य ३ हजार ९६५ पुगेको रोयटर्सले जनाएको छ ।
विश्वको अग्रणी अनलाइन व्यापार प्रदायक आईजीका विश्लेषक टोनी साइकमोरले अबको बजार लक्ष्य एक लाख १० हजार डलर रहेको बताएका छन् ।
ट्रम्प प्रशासनमा क्रिप्टोकरेन्सीको बजार व्यापक मात्रामा बढ्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: सोमबार, पुस १, २०८१ १०:३७
प्रतिक्रिया दिनुहोस्