site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी टप्पुको संवर्द्धन र प्रवर्द्धनमा सक्रिय हुन आवश्यक : पूर्वमन्त्री कार्की

इनरुवा (सुनसरी) । पूर्वसूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोसी टप्पु वन्यजन्तु आरक्षको संरक्षण र प्रवर्द्धनमा सबै सक्रिय रहनुपर्ने बताएका छन् ।

आज कोसी टप्पु वन्यजन्तु आरक्षमा रहेको हात्तीको सफारी गर्दै उनले कोसी टप्पुलाई उत्कृष्ट पर्यटकीयस्थलका रूपमा निर्माण गर्नुपर्नेमा जोड दिए । “पूर्वको महत्त्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा रहेको कोसी टप्पुको विकास र विस्तारमा मेरो ध्यान सधैँ गइरहेको छ । यस क्षेत्रको विकास र विस्तारसँगै आर्थिक, समाजिक फाइदा हुने भएकाले त्यसतर्फ सबैले ध्यान केन्द्रित गर्न आवश्यक छ,” प्रतिनिधिसभा सदस्य कार्कीले भने ।

पूर्वमन्त्री कार्कीसँगै कोसी प्रदेशका पर्यटन वन तथा वतावरणमन्त्री सदानन्द मण्डल समेत सहभागी थिए । दुवैजनाले आरक्षमा रहेको हात्तीमा सफारी गर्दै आरक्षभित्रका विभिन्न ठाउँको अवलोकन तथा भ्रमणसमेत गरेका थिए । रासस

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  २२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro