site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालले आमन्त्रित हक्की प्रतियोगिता खेल्ने

काठमाडौं । नेपालले मलेसियामा हुने आमन्त्रित हक्की प्रतियोगितामा सहभागिता जनाउने भएको छ । यो १६ वर्षमुनिका खेलाडीले भाग लिने फेस्टिबल प्रतियोगिता हुनेछ । प्रतिस्पर्धा हक्की फाइभ्सका आधारमा हुनेछ । टिममा पुरुष र महिला दुवै खेलाडी हुनेछन् । प्रतियोगिता डिसेम्बर १७ देखि २१ सम्म हुनेछ ।

नेपाली टिम कुल १३ सदस्यीय रहेको छ । सहभागी हुने खेलाडीमा महिलातर्फ अनुष्का थापा, बन्दना भट्ट, सविना राजवंशी र तुलसी बोहरा रहेका छन् । यस्तै पुरक्ष खेलाडीमा रोनाशकुमार यादव, सुदीप चौधरी, विवेक विक, सुजल महर्जन, रोशन परियार र सुशान्त रोकाया छन् । टिमका व्यवस्थापकमा हितकुमार गुरुङ र प्रशिक्षकमा दीपक खतिवडा छन् ।

यस्तै, मनीषप्रसाद भट्टले प्रतियोगितामा अम्पायरको पनि भूमिका निभाउने छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  २१:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro