site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ऊर्जा उद्यमी प्रधानविरूद्ध काठमाडौं जिल्ला अदालतमा २६ करोड माग दाबीसहित मुद्दा दायर
Tiktok banner adTiktok banner ad

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानविरूद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको छ । गएको शुक्रबार २६ करोड ३९ लाख ७९ हजार ४६६ रुपैयाँ विगो दाबीसहित सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले बताए ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसुरको गाम्भीर्यता हेरेर दुई वर्षदेखि १० वर्षसम्म कैद सजाय माग गरिएको अर्यालले बताए ।

उनी दोषी ठहर भए विगोको दोब्बर जरिवाना र दुईदेखि १० वर्षसम्म जेल सजाय हुने बताइएको छ ।

प्रधानले आफू कम्पनीको अध्यक्ष हुँदा आफ्नो नामको सेयर श्रीमती, छोरा र छोरीलाई नामसारी गर्दै बिक्री गरेकाले जालसाजीयुक्त कारोबार गरेको नेपाल धितोपत्र बोर्डले निष्कर्ष निकालेको थियो ।

आफैँ अध्यक्ष भएर सेयर बिक्री गर्नु धितोपत्रसम्बन्धी ऐनको दफा ९८ अनुसार जालसाजीयुक्त कारोबार भएको रूपमा बोर्डले हेरेको थियो ।

प्रधानलाई नेपाल धितोपत्र बोर्डले २०७९ चैत १९ गते ७५ हजार जरिवानासहित १० वर्षसम्म सूचीकृत संस्थाको सञ्चालक तथा महाप्रबन्धक हुन नपाउने गरी कारबाही गरेको थियो ।  

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro