site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीको बैठक : कार्यविभाजन आज टुंगिएला ? 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।

बैठकमा पार्टीको आउँदो कार्ययोजनाबारे बोल्न बाँकी नेताहरूले धारणा राखिरहेका छन् । त्यसपछि नेताहरूको कार्यविभाजनबारे छलफलको तयारी रहेको स्थायी कमिटी सदस्य जीवनराम श्रेष्ठले जानकारी दिए ।

“आजको बैठक सुरु भएको छ । कार्ययोजनबारे बोल्न बाँकी नेताहरूले आफ्नो धारणा राख्ने काम सुरु भएको छ,” उनले बाह्रखरीसित भने, “त्यसपछि कार्यविभाजनबारे निर्णय होला ।”

स्थायी कमिटी बैठक गएको बुधबार, शुक्रबार र शनिबार पनि बसेको थियो । बैठकमा आउँदो कार्ययोजनबारे महासचिव घनश्याम भुसालको प्रस्तावमाथि नेताहरूले धारणा राखेका हुन् ।

गएको असारमा पार्टीको महाधिवेशन भएको थियो । महाधिवेशन सकिएको लामो समयसम्म नेताहरू पुरानै जिम्मेवारीमा छन् । जारी स्थायी कमिटी बैठकबाटै कार्यविभाजनको टुंगो लगाइने उपाध्यक्ष जगन्नाथ खतिवडा बताउँछन् ।

आजको बैठकबाट कार्ययोजना र कार्यविभाजन टुंगो लगाउने तयारी रहेको नेताहरूले जनाएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro