site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रष्टाचारी ठहर भएका नेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ 
फाइल तस्बिर ।

काठमाडौं । अख्तियारको दुरुपयोग गरी भ्रष्टाचारी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशिकिरण श्रेष्ठलाई १३ वर्षपछि प्रहरी वृत्त स्वयम्भूको टोलीले शुक्रबार पक्राउ गरेको छ । 

श्रेष्ठले नेपाल बैंक लिमिटेडमा कार्यरत रहेको समयमा विभिन्न कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी बैंकलाई जम्मा ३९ करोड ८९ लाख ३१ हजार ७८४ हानिनोक्सानी गरी भ्रष्टाचार‌को कसुर अपराध गरेको ठहर भएको थियो । उनीमाथि छुट्टाछुट्टै दुईवटा मुद्दामा प्रतिमुद्दा ६ महिना कैद सजाय तोकिएको थियो ।  

विशेष अदालत काठमाडौंबाट मिति ०६८/५/६ मा श्रेष्ठ सहित ऋणी लक्ष्मीप्रसाद आचार्य समेतका व्यक्तिहरूलाई दोषी ठहर गरी सजाय सुनाइएको थियो। मिति ०७३/०७/२५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्द‌मोहन भट्टराईको इजलासबाट विशेष अदालतको उक्त फैसला सदर भएको थियो । 

फैस‌ला कार्यान्वयनका लागि अदालतको सम्पर्कमा नआई फरार रहेका निज शशिकिरण श्रेष्ठलाई ०८१ मंसिर २८ गते शुक्रबार अपराह्न प्रहरीले स्वयम्भु, काठमाडौंबाट पक्राउ गर्न सफल भएको हो । छुट्टाछुट्टै  मुद्दामा ६/६ महिना कैद सजाय पाएका श्रेष्ठले कारागारमा बसी कैद भुक्तानी गर्नुपर्ने भएको छ। 

पक्राउ परेका श्रेष्ठलाई फैस‌ला कार्यान्वयनका लागि आज आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गर्नुपर्नेमा उधौली पर्वका कारण सार्वजनिक बिदा हुने भएकाले सोमबार अदालतमा पेस गरिने प्रहरी स्रोतले बताएको छ। अदालत‌मा पेस गरेपछि फैसला कार्यान्वयन‌का लागि कैद‌मा राख्न कारागार पठाइनेछ। 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५४ बमोजिम कैदमा  नै बसेर भुक्तानी गर्नुपर्ने र त्यस्तो भ्रष्टाचारको कसुरमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ (१) बमोजिमको सुविधा प्रदान गर्न नमिल्ने भनी सर्वोच्च अदालतबाट आदेश भएकाले देखिदा निज श्रेष्ठले उक्त दफा १५५ बमोजिम रकम बुझाई कैदमा नबसी फैसला कार्यान्वयन गर्न सक्ने अवस्था देखिँदैन । 

नेपाल बैंक लिमिटेडको अनियमिततासम्बन्धी चर्तित  मुद्दामा दोषी ठहर भई सजाय पाएका निज शशिकिरण श्रेष्ठलाई तोकिएको जम्मा एक वर्ष कैदको सजाय  कारागारमा नै बसी भुक्तानी गर्नुपर्ने र १० हजार रुपैयाँ जरिवाना बुझाएर मात्र सजाय चुक्ता हुने देखिन्छ । 

उक्त मुद्दामा दोषी ठहर भएका कतिपय व्यक्तिहरूको सम्बन्धमा अझै पनि फैसला कार्यान्वयन हुन बाँकी रहेकाले खोजतलास भइरहेको प्रहरी स्रोतले बताएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  ०७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro