site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गुल्सन भन्छन्– अन्तिम बलसम्म संघर्ष गरेकाले जित सम्भव भयो
Dabur Nepal
NIC Asia

काठमाडौं । कर्णाली याक्सका क्रिकेटर गुल्सन झाले ट्वान्टी–२० मा नतिजा के हुन्छ भन्ने आकलन गर्न नसकिने नभएकाले अन्तिम बलसम्म आफ्नो टोलीले संघर्ष गरेको बताए । त्यसैले पनि लुम्बिनी लायन्सविरुद्ध अन्तिम बलसम्म एकअर्कालाई प्रोत्साहित गर्दै जित निकाल्न सक्छौँ भन्ने विश्वास रहेको बताए ।

टी ट्वान्टी खेल जहिल्यै पनि प्रतिस्पर्धात्मक हुने कहिले कहीँ मात्र एकपक्षीय खेल हुने भएकाले पनि आफ्ना सहकर्मीले मेहनत गरेको सुनाए । उनले स्पिनरलाई मात्र मद्दत मिल्ने पिच भएकाले आफूले बलिङ नगरेको उल्लेख गरे । सुरुका खेलमा हार व्यहोरे पनि टोलीले सधैँ उच्च आत्मबलका साथ खेलेको गुल्सनको भनाइ छ ।

प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कप्तान सोमपाल कामीले खेलमा हार भए पनि खेलाडीलाई सम्हादा जित सम्भव भएको उनी बताउँछन् । उनले ब्याटिङ गर्न कसैका लागि पनि सहज नभएको उल्लेख गरे । गुल्सनले आफ्नो उत्कृष्ट प्रदर्शनको पर्खाइ रहेको पनि बताए । शिखर धवनले ब्याटिङमा सुस्त सुरुआत भए पनि धैर्यतापूर्वक खेल्नुपर्ने सुझाव दिएको गुल्सनको भनाइ छ । धवनले आफ्नो खेल करिअरको सुरुआती क्षणका बारे पनि आफूहरूलाई बताएको गुल्सनले उल्लेख गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  २२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro