site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिरोको एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक

काठमाडौं । मोटरसाइकल र स्कुटर निर्माता हिरो मोटोकर्पले नेपालमा दुई नयाँ मोटरसाइकल एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको छ । नेपाली बजारमा दुई नयाँ भेरियन्ट सार्वजनिक गरेको हो ।

एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हिरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउने कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

एक्स्ट्रिम १६० आर फोरभी (प्रो)को मूल्य तीन लाख ८४ हजार ९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि दुई लाख ८९ हजार ९०० र एबीएस भेरियन्टका लागि तीन लाख ११ हजार ९०० तोकिएको छ ।

सार्वजनिक यी दुवै मोडेलहरू नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कुटरसँगै असेम्बल गरिएको कम्पनीले जानकारी दिएको छ ।

“नेपालको परिवर्तनशील ग्राहकहरूको आवश्यकता पूरा गर्दै, हाम्रो नयाँ उत्पादन लाइनअप र सेल्स नेटवर्कलाई पुनर्जीवित गर्नु हाम्रो अहिलेको मूल उद्देश्य हो । नयाँ एक्स्ट्रिम रेन्ज को सुरुवातले हाम्रो ‘नयाँ नेपालको नयाँ हिरो’ ब्रान्ड थिमसँग मेल खाने गरी उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धता झल्काउँछ । हामी आफ्ना ग्राहकहरूको अनुभवलाई अझ विशेष बनाउनेतिर केन्द्रित छौँ,” बाइक सार्वजनिक कार्यक्रमका बोल्दै हिरो मोटोकर्पका कार्यकारी उपाध्यक्ष सञ्जय भानले भने ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, “नेपालमा एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ । यी दुवै मोटरसाइकल नेपालको परिवर्तनशील बजार आवश्यकतासँग पूर्णरूपमा मेल खान्छन् । नवीनतम प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शनमार्फत यी मोडेलहरूले ग्राहकहरूको यात्रा अनुभवलाई पुनः परिभाषित गर्नेछन् ।”

हिरो मोटोकर्प सन् २०१४ मा नेपाल प्रवेश गरेको हो । कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ । चौधरी ग्रुप नेपालको एक प्रतिष्ठित व्यावसायिक समूह, हिरो मोटोकपको नेपालका लागि आधिकारिक वितरक पनि हो । एकसय ६० भन्दा बढी कम्पनी सञ्चालन गर्ने यस समूहसँग १५ हजारभन्दा बढी कर्मचारीहरूको बलियो टिम र १२३ ब्रान्ड छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro